मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • बझाङ राष्ट्रिय बाणिज्य बैँकबाट अन्ठानब्बे हजार रुपैयाँ गायब, ग्राहक त्रासमा

बझाङ राष्ट्रिय बाणिज्य बैँकबाट अन्ठानब्बे हजार रुपैयाँ गायब, ग्राहक त्रासमा

  • बुधबार, भदौ १, २०७९
बझाङ राष्ट्रिय बाणिज्य बैँकबाट अन्ठानब्बे हजार रुपैयाँ गायब, ग्राहक त्रासमा

अर्थ जङ शाही/ बझाङ — बझाङ राष्ट्रिय बाणिज्य बैंकबाट एकजना ग्राहकको अन्ठानब्बे हजार रुपैयाँ गायब भएको छ । भोजपुर जिल्ला घर भई हाल बझाङकोे सदरमुकाम चैनपुरमा बस्दै आएका साङ्गे शेर्पाको खातामा रहेको उक्त रकम एकाएक गायब भएको छ । शेर्पाका अनुसार गतवर्ष मंसिर २८ गते चेक पुरानो भएपछि बैंकबाट नयाँ चेक लिएका थिए । बैंकका कर्मचारीहरुका अनुसार पुरानो चेक त्यही छोडेको नयाँ चेक लिएर गएका रहेछन् । आज आफ्नो खातामा रहेको रकम निकाल्न खोज्दा उक्त रकम नभेटिएपछि रुपैयाँ हराएको पत्तो पाएका हुन् ।

गत मंसिर २८ गते नयाँ चेक बनाएर लिएको भएता पनि त्यसको आठ महिना पछी पुरानो चेकवाट अनिल रोकायाको नामवाट भुक्तानी भएको देखिन्छ ।

यस विषयमा थप कुराकानी‌ बुझ्नका लागि हामीले राष्ट्रिय बाणिज्य बैंकका सुचना अधिकारी बिशनदेव जोशी संग फोन सम्पर्क गर्दा- चेकको पछाडि लेखिएको मोवाईल नम्वरमा सम्पर्क गर्दा फोन नलागेको र भुक्तानी लिने अनिल रोकायालाई सिसिटिभि फुटेजबाट खोज्ने काम भईरहेको बताए । पिडित शेर्पाले भने ,– ‘जीवन भरको कमाई बैकमा बिश्वास गरेर जम्मा गर्दै गइयो तर बैकबाटै लाखौ रकम हराएपछि अब बैकमा पनि बिश्वास गर्न नसकिने भो ।’

चर्चामा

सम्बन्धित समाचार