• होमपेज
  • समाचार
  • बञ्चरेडाँडामा तनाव, प्रहरीले गर्‍यो हवाईफायर

बञ्चरेडाँडामा तनाव, प्रहरीले गर्‍यो हवाईफायर

  • मङ्लबार, साउन ३१, २०७९
बञ्चरेडाँडामा  तनाव, प्रहरीले गर्‍यो हवाईफायर

काठमाडौं — काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएका छन् ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि झडप भएको एक वडाध्यक्ष तामाङले बताए ।

मैनालीले फोहोर फाल्न प्रहरीले आवश्यक बल प्रयोग गर्न सक्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार