शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा बार्षिक समिक्षा गोष्ठी सम्पन्न

बडिमालिका नगरपालिकाद्धारा बार्षिक समिक्षा गोष्ठी सम्पन्न

  • मङ्लबार, साउन ३१, २०७९
बडिमालिका नगरपालिकाद्धारा बार्षिक समिक्षा गोष्ठी सम्पन्न

बाजुरा — वडिमालिका नगरपालिकाकाले आर्थिक बर्ष २०७८/०७९ मा सम्पन्न गरेका कामको समिक्षा गरेको छ । मंगलबार एक कार्यक्रमका बिच नगरपालिकाले एक बर्षमा गरेको कार्यहरुको बार्षिक समिक्षा तथा आगामी कार्यक्रमहरुका बारेमा समिक्षा गरेको हो ।
नगरपालिकामा काम गर्दा आएका परिवर्तनहरु, काम गर्दाखेरी आइपरेका चुनौती र आगामी योजनाको बारे छलफल समेत गरिएको बडिमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले बताए ।
नगरपालिकाको हलमा गरिएको समिक्षा कार्यक्रमहरुमा वडा कार्यालय, बिषयगत शाखाहरु र नगरपालिकाले गरेका हाल सम्मको प्रगतिबारे जानकारी गराएको नगर प्रमुख अमर बहादुर खड्काले बताए ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संचालन गरिएको बार्षिक समिक्षा कार्यक्रममा नगर उप प्रमख नन्दा थापा नौ ओटै वडाका वडाअध्यक्ष बिषयगत शाखाका प्रमुखहरु वडा सचिव लगायतको उपस्थिती रहेको थियो ।
प्रधान मन्त्री रोजगार संयोजक प्रमिला थापाले संचालन गरेको कार्यक्रमको स्वागत तथा कार्यक्रमका बारेमा निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले गरेका थिए । सो कार्यक्रममा नगरपालिकाका कर्मचारी सेवाग्राही लगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार