• होमपेज
  • समाचार
  • अरिङ्गालले टोकेर रोल्पामा एक जनाको मृत्यु

अरिङ्गालले टोकेर रोल्पामा एक जनाको मृत्यु

  • मङ्लबार, साउन ३१, २०७९
अरिङ्गालले टोकेर रोल्पामा एक जनाको मृत्यु

काठमाडौं — रोल्पामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका १० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टोकेर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार साँझ घर नजिकै जङगलमा जयबहादुरलाई अरिङगालले शरीरको विभिन्न भागमा टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल रोल्पामा सोमबार राति मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार