• होमपेज
  • समाज
  • बझाङमा ट्राफिक प्रहरीको ज्यादति:बिलबुक लाईसेन्स हुँदा पनि ५ सयको रसिद थमाउँछन

बझाङमा ट्राफिक प्रहरीको ज्यादति:बिलबुक लाईसेन्स हुँदा पनि ५ सयको रसिद थमाउँछन

  • मङ्लबार, साउन ३१, २०७९
बझाङमा ट्राफिक प्रहरीको ज्यादति:बिलबुक लाईसेन्स हुँदा पनि ५ सयको रसिद थमाउँछन

अर्थ जङ शाही/ बझाङ — सवारी चेकजांचका नाममा बझाङ ट्राफिकले असुली धन्धा चलाएको छ । जिल्लाका विभिन्न सडक खण्डमा चेक जांचका नाममा सवारी चालक सर्वसाधारणहरुसंग अवैध रुपमा रकम संकलन कार्यमा ट्राफिक प्रहरी खटिने गरेका छन् । नाम सवारी साधन चेक जांच तर काम भने रकम असुली रहेको छ ।

सोमबार दिउँसो मात्रै बझाङको सदरमुकाम चैनपुर बाट नजिकै पर्ने सिमखेत सम्म आफ्नो श्रीमती र नातिहरुलाई पुगाउन गएका नगेन्द्र खड्का माथि बझाङ ट्राफिक प्रहरीले ज्यादति गरेको छ।

No description available.

से ३ प ८७०४ नम्बरको मोटर साईकल चलाएका नगेन्द्र खड्का संग लाईसेन्स पनि छ,तर बिलबुक आफूले बोक्न बिर्सेको छु,यो बाईक आफ्नो भाईको हो,मैले बिलबुक ल्याउन बिर्सिए भन्दा-भन्दै पनि बझाङ ट्राफिक प्रहरीले तुरुन्त बिलबुक लिएर आउनुहोस् भन्यो। खड्काले केही समय पछि बिलबुक पनि त्यता झिकाए,तर पछि बिलबुक ल्याउदा-ल्याउदै पनि बझाङ ट्राफिक प्रहरीले ५ सयको रसिद काटेको छ।

No description available.

खड्काले यो सबै कुरा आफ्नो फेसबुक वालमा हाल्छु भनेर ट्राफिकलाई भन्दा,उल्टो बझाङका ट्राफिक हवल्दारले मेरो सरुवा भएपनि कैलाली सम्म त हुने हो,यो बाईक अतरिया तिर पनि चल्छ होला नि भनेर खड्कालाई बझाङका ट्राफिक प्रहरीले धम्कि समेत दिएको खड्काले बताए। सुरक्षा दिने ठाउँमा उल्टै धम्की दिने बझाङ ट्राफिक प्रहरीलाई कसरी बिश्वास गर्ने बझाङबासीको प्रश्न रहेको छ।

बझाङ ट्राफिक प्रहरीले अटो,ट्रयाक्टर र जिपवाला संग पनि महिनाको एक चोटी एकमुष्ट रुपमा पैसा उठाएको पनि बझाङबासीले सामाजिक संजालमा स्टाटस लेखेर आरोप लगाएका छन्।

चर्चामा

सम्बन्धित समाचार