• होमपेज
  • देश
  • न्युयोर्कमा हीराका गहना किन्दै गर्दा भेटिए स्वस्तिमा, प्रियंका र नीति !

न्युयोर्कमा हीराका गहना किन्दै गर्दा भेटिए स्वस्तिमा, प्रियंका र नीति !

  • आइतवार, साउन २९, २०७९
न्युयोर्कमा हीराका गहना किन्दै गर्दा भेटिए स्वस्तिमा, प्रियंका र नीति !

काठमाडौं — यतिबेला आधाजसो सेलिब्रिटी विदेशमा छन् । त्यसमा पनि धेरैजना अमेरिका घुमघाममा । अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल प्रियंकारानी जोशी र मोडल नीति शाह पनि यतिबेला न्युयोर्कमा छन् ।

उनीहरु शनिबार ज्याक्सन हाइटको एक गहना पसलमा सपिङ गरिरहेको बेला देखिए । त्यहाँबाट प्राप्त तस्वीरमा उनीहरु सपिङ मुडमा देखिन्छ । स्वस्तिमाले नेक्लेस लगाउन लागेको देखिन्छ ।

तस्वीरमा तीनैजना सुन्दरी स्लिभलेस पहिरनमा हट र ब्युटीफुल देखिएका छन् । मिस नेपाल नर्थ अमेरिकाको फिनालेमा भाग लिन न्युयोर्क पुगेका उनीहरुले त्यहाँबाट लगातार आकर्षक तस्वीर पनि सार्वजनिक गरिरहेका थिए ।

मिस नेपाल प्रियंका अमेरिकामा अझै एक साता रहनेछिन्, जहाँ उनले मिस वल्र्डको ब्युटी विथ पर्पस प्रोजेक्टको लागि दाता जुटाउने कार्यक्रम छ । स्वस्तिमा र नीति काठमाडौं फर्किएपछि फिल्मको काममा व्यस्त हुने तयारीमा छन् ।

चर्चामा

सम्बन्धित समाचार