• होमपेज
  • सुचना प्रबिधी
  • सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • आइतवार, साउन २९, २०७९
सुदूरपश्चिमका एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना

देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार