शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षेतिपुर्ती दिने सहमती

बाजुरामा करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षेतिपुर्ती दिने सहमती

  • शनिबार, साउन २८, २०७९
बाजुरामा करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षेतिपुर्ती दिने सहमती

बाजुरा — करेन्ट लागेर मृत्यु भएका भक्त रावलको परिवारलाइ नेपाल बिद्युत प्राधिकरणलले क्षेती पुर्ती सहित एक जनालाई करार कर्मचारी राख्ने सहमती भएकाे छ । रावलकोे कमाइबाट आश्रित उनको १० जनाको परिवार बिचल्लीमा पर्ने देखीएपछि सर्बपक्षिय बैठकले राहत स्वरुप क्षेतीपुर्तीका लागि प्राधिकरणले ब्यहाेर्नुपर्ने  निणर्य गरेको हो ।

बडिमालिका नगरपालिका ८ का भक्त रावल नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण शाखामा कार्यरत कर्मचारी समेत रहेकोले नेपाल बिद्युत प्राधिकारणको दुर्घटना क्षेतीपुर्ती विनियमावली २०६७ संशोधन सहित बिद्युत प्राधिकरण कर्मचारी सेवा शर्त बिनियमावली २०७५ (आठौँ संशोधन सहित) र प्रचलित नियमाअनुसार अस्थायी वा करार कर्मचारीले पाउनुपर्ने क्षतीपुर्ती दिने बिमा राहत सहित उपलब्ध गराउने निणर्य गरिएको जनाएको छ ।

उनको मृत्युले उनकी २ श्रीमती ४ छोरा १ बजै बुवा आमा भाई बहिनी लगायत १० जनाको आक्षित परिवारलाई राहत स्वरुप क्षेतीपुर्ती दिने निणर्य गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर मृतकको परिवारलाई नेपाल बिद्युत प्राधिकारणको दुर्घटना क्षेतीपुर्ती विनियमावली २०६७ संशोधन सहित बिद्युत प्राधिकरण कर्मचारी सेवा शर्त बिनियमावली २०७५ (आठौँ संशोधन सहित) र प्रचलित नियमाअनुसार अस्थायी वा करार कर्मचारीले पाउनुपर्ने क्षतीपुर्ती दिने बिमा राहत सहित उपलब्ध गराउने निणर्य गरिएको जनाएको छ ।

साथै मृतक रावलको परिवारजनले सिफारीस गरेको एक जनालाइृ बिषेश सहानुभती पुर्वक नेपाल बिद्युत प्राधिकरण शाखा मार्तडीमा करार वा अस्थायी नियुक्तीका लागि नेपाल बिद्युत प्राधिकरणमा सिफारीस समेत गर्ने निणर्य गरिएको जनाएको छ ।
रावल २६ गते दिउसोँ ३ बजे सेरा देखी मार्तडी सम्मको ११ केभी लाइृनको १ नम्मर फेजमा समस्या आई लाईन मर्मत गरि सुचारु गराउन सेरामा फ्युज काटेर बुढिगंगा नगरपालिका वडा न २ बल्देमा जम्फर छुटाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।

घाईते भएका रावललाई उपचारका लागि बयालपाटा अस्पातल लगिएको र त्यहा उपचार नहुँदा नेपालगंज लैजादै गर्दा दैलेखमा निधन भएको नेपाल बिधुत प्राधिकरण बितरण साखा बाजुराले जनाएको छ । मृतक रावलको शव जिल्ला अस्पतालको शब गृहमा पोष्टमार्टममा लागि राखीएको छ ।

चर्चामा

सम्बन्धित समाचार