शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाचार
  • आगलागीबाट ११ घर नष्ट

आगलागीबाट ११ घर नष्ट

  • बिहिबार, साउन २६, २०७९
आगलागीबाट ११ घर नष्ट

सप्तरी — सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा बुधबार आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ। डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिइन्।

आगलागीबाट गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताइन्। गलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन्।

डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवले आगलागी पीडितसँग भेटघाट गरी नगरपालिकाले तत्काल राहतको व्यवस्था मिलाउने बताइन्।

चर्चामा

सम्बन्धित समाचार