मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनमा जनावरबाट सर्ने नयाँ भाइरसको सङ्क्रमण देखियो

चीनमा जनावरबाट सर्ने नयाँ भाइरसको सङ्क्रमण देखियो

  • बिहिबार, साउन २६, २०७९
चीनमा जनावरबाट सर्ने नयाँ भाइरसको सङ्क्रमण देखियो

एजेन्सी — चीनमा फेरि नयाँ भाइरसको सङ्क्रमण देखिएको छ। जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरसको सङ्क्रमण देखिएको ग्लोबल टाइम्सले जनाएको छ।

यो भाइरसको सङ्क्रमण अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा देखिएको र ३५ जना मानिस सङ्क्रमित भएका खबरमा उल्लेख छ। ज्वरोका बिरामीको घाँटीको स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमित भएका उनीहरु जनावरको सम्पर्कमा रहेका भनिएको छ। यो सङ्क्रमण जनावरबाटै सरेको हुन सक्ने अनुमान गरिएको छ। सङ्क्रमित व्यक्तिमा ज्वरो आउने, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेको छ।

ल्यान्ग्या हेनिपाभाइरससमेत भनिने हेनिपाभाइरसको अहिलेसम्म कुनै खोप वा औषधि बनेको छैन। सङ्क्रमितहरुलाई मिल्दोजुल्दो रोगको औषधिमार्फत उपचार गरिने छ। चीनमा यसअघि सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो। यो भाइरस अहिले विश्वभर फैलिएको छ भने यसको सङ्क्रमणका कारण कयौँको ज्यान गएको छ।

चर्चामा

सम्बन्धित समाचार