शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङ मष्टाका एक युवकको दुर्घटनामा परि नागढुङ्गामा मुत्यु

बझाङ मष्टाका एक युवकको दुर्घटनामा परि नागढुङ्गामा मुत्यु

  • बुधबार, साउन २५, २०७९
बझाङ मष्टाका एक युवकको  दुर्घटनामा परि नागढुङ्गामा मुत्यु

अर्थ जङ शाही/ बझाङ — पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गाको झ्याप्लेखोलामा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । मोटरसाइकल चिप्लिएर बसको मूनि पर्दा मोटरसाइकल चालकको ज्यान गएको हो ।

चितवनबाट काठमाडौं आउँदै गरेको बसको पछिपछि आइरहेको मोटरसाइकल झ्याप्लेखोलामा आइपुग्दा अनियन्त्रित भएर पल्टिएपछि चालक उछिट्टिएर बसको टायरमूनि नै पर्दा घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा बझाङ मष्टा गाउँपालिका घर भई धनगढी बस्दै आएका २६ वर्षीय पृथ्वी बहादुर ग्वाल रहेका छन् । अध्ययनको सिलसिलामा धनगढी बस्दै आएका उनी मङ्गलबार विहान आफ्नै पल्सर बाइकमा काठमाडौं जान निस्किएका थिए ।

राति ९ बजेको समयमा चितवन पुगेर लजमा बसेका उनी बुधबार विहान चितवनबाट प्रस्थान गरेको उनीसँगै धनगढीबाट आएका अर्का मोटरसाइकल चालकले जानकारी दिए । घटनापछि बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बसका यात्रुलाई अर्को बसमा काठमाडौं पठाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार