• होमपेज
  • समाचार
  • भिरबाट खसेर एक पुरुषको मृत्यु

भिरबाट खसेर एक पुरुषको मृत्यु

  • बुधबार, साउन २५, २०७९
भिरबाट खसेर एक पुरुषको मृत्यु

हुम्ला — हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो।

सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए।

चर्चामा

सम्बन्धित समाचार