• होमपेज
  • राजनीति
  • देशका हरेक क्षेत्र राजनीतिले गिजोल्यो : पूर्व प्रधानन्यायाधीश कार्की

देशका हरेक क्षेत्र राजनीतिले गिजोल्यो : पूर्व प्रधानन्यायाधीश कार्की

  • बुधबार, साउन २५, २०७९
देशका हरेक क्षेत्र राजनीतिले गिजोल्यो : पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको हरेक क्षेत्रलाई राजनीतिले गिजोलेको आरोप लगाएकी छिन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ ल को एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले हरेक क्षेत्रमा राजनीति हाबी हुँदा विकास निर्माणले गति लिन नसकेको बताइन् ।

उनले न्यायालयको स्तर उच्च राख्न प्रधानन्यायाधीश नै असल हुनुपर्ने बताइन् । सो कार्यक्रममा कानुन विषय अध्ययन गर्न लागेका विद्यार्थीहरुलाई कार्कीले मेहनत गरे सफल भइने र कानुनका विद्यार्थीका लागि विभिन्न क्षेत्रको ढोका खुल्ने भन्दै यो हौसला समेत प्रदान गरिन् ।

विद्यार्थीहरुलाई आफ्नो केहि महत्त्वपूर्ण फैसला लेख्दाको अनुभव सुनाउँदै कार्कीले कम्तिमा कानुनको अध्ययन सकेर न्यायालयमा छिर्दै गर्दा फैसला लेख्न सक्ने भएर निस्कन समेत आग्रह गरिन् । कार्यक्रममा कार्कीद्वारा लिखित ‘न्याय’ किताबलाई प्रदर्शनीमा समेत राखिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार