मङ्लबार, अशोज २९, २०८१
  • होमपेज
  • देश
  • सृष्टि श्रेष्ठको ‘राधा’ चीनमा प्रदर्शन हुने, दूतावासले माग्यो फिल्म

सृष्टि श्रेष्ठको ‘राधा’ चीनमा प्रदर्शन हुने, दूतावासले माग्यो फिल्म

  • मङ्लबार, साउन २४, २०७९
सृष्टि श्रेष्ठको ‘राधा’ चीनमा प्रदर्शन हुने, दूतावासले माग्यो फिल्म

काठमाडौं — सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ नेपाल रिलिजअघि नै चीनमा प्रदर्शन हुने भएको छ । ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा फिल्मलाई देखाइन लागिएको हो ।

चाइना पर्फमेन्स इन्डस्ट्री एसोसिएसनले आयोजना गर्ने बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२ मा ‘राधा’ले प्रदर्शनको मौका पाएको हो । महावाणिज्य दूतावासका अनुसार साउन ३० गते फिल्म प्रदर्शनको तयारी छ ।

नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभलको आयोजक समितिले राधालाई छनोट गरेको दूतावासद्वारा प्रेषित पत्रमा उल्लेख छ । दूतावासले फिल्म निर्मातासँग फिल्मको पूर्ण स्क्रिप्ट र सारांश भिडियो पनि मागेको छ ।

कार्यवाहक महावाणिज्यदूत कुञ्जन शाहद्वारा प्रेषित पत्रमा फिल्मले चीनमा नेपाली फिल्मका लागि बजार खोजी गर्ने आशा लिइएको उल्लेख गरेका छन् । सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘राधा’ नेपालमा चाहिं भदौ १० गते प्रदर्शन तयारीमा छ ।

फिल्मले हराएका पतिको खोजीमा निस्किएकी सिंगल मदरको कथा भन्छ । देवकी विष्टले निर्माण गरेको फिल्मको निर्माताको रुपमा सौगात मल्ल पनि जोडिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार