• होमपेज
  • समाचार
  • धनगढीमा घरमै राखिएको मोटरसाइकलमा आगजनी

धनगढीमा घरमै राखिएको मोटरसाइकलमा आगजनी

  • मङ्लबार, साउन २४, २०७९
धनगढीमा घरमै राखिएको मोटरसाइकलमा आगजनी

धनगढी — धनगढीमा घरको बरण्डामा राखिएको मोटरसाइकलमा आगजनी भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ६ जालीका जगत चौधरीको से ४ प ६८९४ नम्बरको होण्डा साईन मोटरसाइकलमा अपरिचित व्यक्तिले आगजनी गरेका हुन्।

आज (मंगलबार) बिहान मोटरसाइकलमा आगजनी भएको प्रहरीले बताएको छ। मोटरसाइकल पूर्ण रुपमा जलेको र आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार