बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

  • सोमवार, साउन २३, २०७९
महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

काठमाडौं — हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ ।

दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेटको रुपमा तय गरेको हो । तिहार भाइटीकाको भोलिपल्ट प्रदर्शन हुनेछ ।

एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् भने अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।

उक्त मितिमा फिल्म नेपालसहित संसारभर रिलिज हुन लागिरहेको समेत षट्कोण आर्ट्सले जनाएको छ । फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली समेत कलाकारको रुपमा छन् ।

प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्मलाई दिपेश खत्रीले निर्माण गरेका हुन् । यो मल्टिस्टारर फिल्मले समाजमा महापुरुष बन्न मानिसले गर्ने संघर्ष र समाजले कसरी महापुरुषको निर्माण गर्छ भन्ने कथावस्तु चित्रण गर्छ ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । उसको आगामी फिल्म ‘डाकिनी’को प्रदर्शन पनि यसैवर्ष गर्ने तयारी छ । अब कात्तिक ११ गते महापुरुषको बक्सअफिस प्रतिस्पर्धा सौगात मल्ल स्टारर ‘लाखे’सँग हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार