• होमपेज
  • समाचार
  • १९ वर्षीया सुत्केरीको मृत्यु

१९ वर्षीया सुत्केरीको मृत्यु

  • सोमवार, साउन २३, २०७९
१९ वर्षीया सुत्केरीको मृत्यु

पाँचथर — पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो ९ तुम्रोकको उपचारका क्रममा फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो।

शुक्रबार राति उक्त अस्पतालमा भर्ना भएकी तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन्। शनिबार दिनभर सामान्य अवस्थामा रहेकी तुम्रोकको राति रगतको मात्रा कम देखिएको अस्पतालले जनाएको छ। उनको शरीरमा रगत चढाएपछि रक्तचाप कम भई स्वास्थ्य अवस्था जटिल भएको र सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्न लाग्दा मृत्यु भएको अस्पतालको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार