आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाले सोमबार सार्वजनिक विदा दिने निर्णय

बडिमालिका नगरपालिकाले सोमबार सार्वजनिक विदा दिने निर्णय

  • आइतवार, साउन २२, २०७९
बडिमालिका नगरपालिकाले  सोमबार सार्वजनिक विदा दिने निर्णय

बाजुरा —  जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका  नगरपालिकाले २३ गते अर्थात सोमबार सार्वजनिक विदा दिने भएको छ । आईतबार बसेकोे बडिमालिका नगरपालिकाको कार्यपालिकाको निणर्य अनुसार बडिमालिका तिर्थयात्रा प्रारम्भ हुने भएकाले बडिमालिका नगरपालिकाले सोमबार बिदा दिने भएको बडिमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताएका छन ।
बडिमालिका नगरपालीका मातहतका कार्यालय वडा कार्यालय ,सामुदायीक तथा संथागत बिद्यालयहरु ,स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा २३ गते बिदा दिने कार्यपालिकाले निणर्य गरेको नगरपालिकाले जनाएको छ ।

बाजुराको धार्मीक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली सोमबार प्रस्थान गर्ने भएको छ । बडिमालिका जान सदरमुकाम मार्तडी देखी सोमबार बिहान प्रस्थान गर्ने जनाएको छ । बढीमालिका र बुढिनन्नदा माईको दर्शनका लागी तीर्थ यात्रा २३ गते देखी सुरु हुने भएको छ । चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बडिमालिका र बुढिनन्दा मन्दिरमा बिशेस पुजाआजा सहितको मेला लाग्ने गर्दछ ।
बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपुणर् धार्मिक स्थल बडिमालिका र बुढिनन्दा जाने भक्तजनहरु आजै देखी जान सुरु गरेका छन ।
यस बर्ष बडिमालिका नगरपालिकाद्धारा बडिमालिका यात्रा बर्ष २०७९ को रुपमा योजना बनाएर तयारी गरेको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । बडिमालिका यात्रा बर्ष योजनाका साथै । बाटोमा बस्नका लागि त्रिपालहरुको ब्यस्था अस्थायी चर्पीको ब्यबस्थापन गर्न नगरपालिकाले एक हप्ता अगाडीबाट कार्य थालिसकेको प्रबक्ता पाध्याले बताएका छन ।
बाजुराका धार्मीक धरोहरका रुपमा रहेका बडिमालिका र बुढिनन्दा धार्मीक पिठमा साउन पुर्णिमाकाे अघिल्लो दिन पुजाआजा हुने गर्दछ । सो मेला भर्न जाने श्रदालु भक्तजन त्यस ठाउँतिर केही दिन अघि देखी नै जान सुरु भएका भए पनि बडिमालिका जाने सरकारी टोली भने सोमबार बिहान जाने बडिमालिका नगरपालिकाले जनाएको छ ।

May be an image of text that says 'प.स.:०७१/८. /૮૦ च.नं.: बडीमालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय Office of the Municipal Exccutive मार्तडी, बाजुरा सुदूरपशिचम, प्रदेश, नेपाल मिति:२०७९/०४/२२ विषय:सार्वजनिक विदा सम्बन्धमा। प्रस्तुत विषयका सम्बन्धमा बडीमालिका नगरपालिकाको नवौं कार्यपालिकाको बैठकको मिति २०७९/०४/२२ गतेको निर्णयानुसार बडीमालिका तिर्थयात्रा प्रारम्भ हुने भएकाले यस बडीमालिका नगरपालिकाको कार्यालय लगायतका सम्पूर्ण वडा कार्यालयहर, सामुदायिक तथा संस्थागत विद्यालयहरु र सम्पूर्ण स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरुमा मिति २०७९/०४/२३ गतेका दिन सार्वजनिक विदा हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ| रंगमल वि.कদुख प्रशासकोय 2662081699 अधिकृत नि.प्रमुख प्रशासकीय अधिकृत'

चर्चामा

सम्बन्धित समाचार