आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • क्यान्सर पिडीत २४ वर्षिया विनोद ६ वर्ष देखि अस्पतालकाे शैयामा छटपटाउदै

क्यान्सर पिडीत २४ वर्षिया विनोद ६ वर्ष देखि अस्पतालकाे शैयामा छटपटाउदै

  • आइतवार, साउन २२, २०७९
क्यान्सर पिडीत २४ वर्षिया विनोद ६ वर्ष देखि अस्पतालकाे शैयामा छटपटाउदै

सर्मिला रोकाया– विगत ६ वर्ष देखि क्यान्सर पिडीत बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ५ छातीकोटका विनोद मल्ल उपचार खर्च नपाएर तड्पिरहेका छन । मल्लले उपचारका लागि सहयोग गर्न आग्रह गरेका छन । उपचार गर्ने पैसाको अभावमा क्यान्सर पालेर वस्नु पर्ने अवस्था भएको र घरमा भएको आर्थिक स्रोत सवै सकिएले उपचारमा सहयोग गरिदिन आग्रह गरेका हुन ।  पिडित मल्लले विगत ६ बर्ष देखि ब्लड क्यान्सरको उपचार गराई रहेकाले परिवारको आर्थिक स्रोतले थप उपचार गर्न नसक्ने भए पछि  सहयोगको अपिल गरेका छन । पिडित मल्ललाई १८ वर्षको उमेर हुँदै गर्दा ब्लड क्यान्सर पुष्टी भएको थियो । विनोद हाल सम्म पनि अस्पतालमा उपचारत छन । २०७३ सालबाट क्यान्सर पिडीत विनोदलाई आर्थिक अवस्था कमजोर भएकै कारण थप उपचारमा समस्या भएपछि सहयोगका लागि हार गुहार गरेका छन । उनकाे परिवारले विभिन्न सहयोगि निकाय, ब्यक्ति र संघ संस्थालाइ सहयाेग गर्न अनुराेध गरेका छन ।

२०७२ सालमा एसएलसी परीक्षा दिएर पेटमा समस्या आँउदा चेकजाँजका लागि जिल्ला बाहिर गएका विनोदलाई ब्लड क्यान्सर पुष्टी भएको थियो । त्यस यता उनी उपचाररत छन । त्यतिबेला पेटको समस्या फियो बढ्यो भनेर भक्तपुर क्यान्सर हस्पिटलमा चेकजाँच गर्दा ब्लोड क्यान्सर पुष्टी भयो । एसएलसी पास भए पछि राम्रो संग उच्च शिक्षा पढ्ने र आमा बावुको सपना पुरा गर्ने उनको धोको समेत पुरा हुन पाएन । भएको आर्थिक सवै क्यान्सरको उपचारमा सकिए पछि परिवारलाई पनि समस्या भएको छ ।

२४ वर्षिया विनोदले नेपाल सकारबाट लिनु पर्ने सौलियत पनि लिईसकेका छन । भक्तपुर क्यान्सर हस्पिटलमा चेकजाँच गर्दा क्यान्सर पुष्टी भएका उनलाई त्यहाँ उपचार सम्भव नभए पछि चितवनको वीपी कोइराला मेमोरीएल क्यान्सर हस्पिटलमा थप उपचारका लागि रिफर गरिए । त्यहाँ पनि उपचार हुन नसक्दा हाल उनी पाटन हस्पिटलमा उपचाररत रहेका छन । उनको ५ जनाको परिवार छ । घरमा कमाउने कोही छैन, बुढा आमा बुवा भाई छन, न्युन आयश्रोत भएका कारण उनको पारिवारिक अवस्था कमजोर भएको छ ।

कोल्टी स्थित बुढीनन्दा क्याम्पसमा हाल स्नातक चौंथो वर्षमा अध्ययन गरीरहेका उनी अहिले उपचारका लागि काठ्माण्डौंमा दिदी बसन्ती शाहीसंग बस्दै आएका छन । कोठा भाँडा लिएर बस्दै आएकी दिदीलाई खान, वस्न त समस्या छदैछ त्यही माथि उनको उपचार कहाँबाट गर्ने भन्ने पिरलोले दैनिक पिरोल्ने गरेको छ । विवाहित दिदीले सहयाेग  नगरेको पनि हैन, खान, बस्न उनैसँग छ, सक्दो सहयोग दिदीले गरेकै हो अब थप उपचारमा समस्या भएको पिडित मल्लले बताए ।

नेपाल सरकारले जटिल रोग लागेका ब्यक्तिलाई दिने सहुलियत पनि एक वर्ष नपुग्दै सकियो, कम्तीमा महिनाको २० देखि ३० हजार सम्मको औषधी उपचार गर्नु पर्छ । आर्थिक अवस्था कमजोर परिवारको म अहिले ऋण गरेर उपचार गरीरहेको छु उनले भने । मलाई सन्चो भए पछि त म ऋण चुक्ता गरुला यदि मलाई सन्चो नभए घरमा आमाबुवाले कसरी ऋण चुक्ता गर्लान भन्ने पिर हुन्छ’ उनले बताए । घरमा रोजगारी कोही छैन, आमाबुवाले ५ जनाको परिवारलाई खान, लगाउनको व्यवस्थापन गर्नु कि मलाई औषधी उपचारको व्यवस्थापन गर्नु कति सम्म ऋण गरेर उपचार गर्न सकिएला उनकाे भनाइृ रहेकाे छ । काठ्माण्डौं जस्तो सहरमा वस्नु छ कहिले कहीँ गाडीभाँडा सम्म तिर्नलाई आफुसँग पैसा हुदैन  उनले गुनासो गरे ।

१० रुपियाँ नभए कोठाबाट निस्कीन मुस्कील पर्ने काठ्माण्डौ सहरमा महिनामा २० देखि ३० हजार सम्म कहाँबाट व्यवस्थापन गर्नु निकै समस्या भएको गुनासो छ । २४ वर्षिया विनोदले आफ्नो उपचारमा सानो भए पनि सहयोग गरिदिन बाजुरावासी लगायत सवैलाई अनुरोध गरेका छन । उनले भने असम्भव के नै छ र हजुरहरुको सानो सहयोगले मलाई ठुलो राहत हुनेछ, म जीवन मरणको दोसाँधमा छु । कृपया मलाई सहयोग गर्नुहोला भन्दै ९७४६५३१८९१ सहयोग मागेका छन ।

चर्चामा

सम्बन्धित समाचार