• होमपेज
  • समाचार
  • कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • शनिबार, साउन २१, २०७९
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी — कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको हो।

शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार