• होमपेज
  • समाचार
  • अब डोटीमै सेनेटरी प्याड उत्पादन हुने

अब डोटीमै सेनेटरी प्याड उत्पादन हुने

  • शनिबार, साउन २१, २०७९
अब डोटीमै सेनेटरी प्याड उत्पादन हुने

डोटी — डोटीको दीपायल सिलगढी नगरपालिकामा सेनेटरी प्याड उत्पादन हुने भएको छ। सिलगढीमा उद्यमशील महिला समूहले सेनिटरी प्याड उत्पादन गर्ने फर्म खोलेको हो।

जिल्लामै प्याड उत्पादन तथा महिलाहरुलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले फर्म खोलिएको उद्यमशील महिला समूहकी अध्यक्ष सारदा भट्टले बताए। दिनमा करिब २ हजार थान प्याड उत्पादन गरी बजारभन्दा सस्तो मूल्यमा विक्री गर्ने उनले बताइन्।

बजार प्रशोधन केन्द्र काठमाडौंको मेशिन सहयोग तथा दीपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा फर्म सञ्चालनमा आएको कोषाध्यक्ष सीता श्रेष्ठले बताइन्। उक्त फर्म मा ५ जना महिलाले रोजगारी पाएका छन्।

चर्चामा

सम्बन्धित समाचार