बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • राजनीति
  • चुनाव घोषणापछि सरकार कामचलाउ भयो : नेम्वाङ

चुनाव घोषणापछि सरकार कामचलाउ भयो : नेम्वाङ

  • बिहिबार, साउन १९, २०७९
चुनाव घोषणापछि सरकार कामचलाउ भयो : नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति घोषणासंगै सरकार कामचलाउमा परिणत भएको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने बताए । ‘आजदेखि सरकार कमचलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन’ उनले भने ।

बिहीबारको मन्त्रिपरिषद बैठकले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ । उपाध्यक्ष नेम्वाङले सरकारले छापामार शैलीम चुनावको मिति घोषणा गरेको टिप्पणी गरे । यद्यपि निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको बताए ।

नेम्वाङले अहिलेको गठबन्धन संसदीय मूल्य मान्यता विपरीत दूषित गठबन्धन गरेको टिप्पणी गरे । एम अधिकारी प्रकरण राजनीतिक बिषय भएको भन्दै नेम्वाङले सत्ता पक्षले हचुवाको भरमा यो बिषय उछालेको दाबी गर्दै छानबिन गरेर कारवाही गर्न चुनौती दिए । अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनले वजेट निर्माणका क्रममा उठेका प्रश्नको उत्तर दिनुको साटो झन् धेरै प्रश्न जन्माएको नेम्वाङले बताए । आसन्न चुनावमा एमालेले सकेसम्म विचार मिल्नेसंग तालमेलको प्रयास गर्ने नभए एक्लै लड्न पार्टी सक्षम रहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार