• होमपेज
  • देश
  • निर्वाचनमा करिब एक करोड ८६ लाख मतदाता पुग्ने

निर्वाचनमा करिब एक करोड ८६ लाख मतदाता पुग्ने

  • बिहिबार, साउन १९, २०७९
निर्वाचनमा करिब एक करोड ८६ लाख मतदाता पुग्ने

काठमाडौं — निर्वाचन आयोगले आउँदो निर्वाचनमा करिब १ करोड ८६ लाख मतदाता पुग्ने आँकलन गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले करिब १ करोड ८६ लाख मतदाता पुग्ने प्रारम्भिक अनुमान रहेको बताए।

आयोगले सञ्चालन गर्दै आएको मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगितसमेत गरिएको छ। मतदाता नामावलीको अद्यावधिक तथ्यांक केही दिनमै सार्वजनिक गरिने आयोगले जनाएको छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ करोड ७० लाख मतदाता रहेका थिए। संघ र प्रदेशको निर्वाचनमा करिब दस लाख मतादाता थपिनेछन्।

सरकारले आजै संघ र प्रदेशको निर्वाचन एकैचरणमा मंसिर ४ गते गर्ने निर्णय गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार