शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट विजयी

राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट विजयी

  • मङ्लबार, साउन १७, २०७९
राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट विजयी

काठमाडौं —  पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट दोहोरी साँझ काठमाडौं पहिलो भएको छ ।

फाइनलमा दरबार दोहोरी साँझ काठमाण्डौलाई हराउँदै नगरकोटले उपाधि जितेको हो । जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दुवै टिमले बराबर अंक प्राप्त गरे ।

उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र प्रतिष्ठान गण्डकीकी सीता परियार उत्कृष्ट गायिका घोषित भइन् । धौलागिरी दोहोरो साँझ ओसाका जापान अनुशासित टिम बन्न सफल भयो । जुनेली दोहोरी साँझकी शान्ती कार्कीले नव प्रतिभा पोत्साहन पुरस्कार प्राप्त गरिन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी निर्णायकको रुपमा थिए । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा आयोजना गरिएको प्रतियोगीतामा देशभरबाट ४५ टिमले प्रतिस्पर्धा गरे ।

विजेता समूहले ६ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता समूहले ४ लाख, तृतिय हुन सफल दुईसमुहले डेढ-डेढ लाख नगद पुरस्कार हात पारेका छन् ।

उत्कृष्ट गायक, गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । नवप्रतिभा पोत्साहन पुरस्कार जित्ने प्रतिभालाई १० हजार रूपैया प्रदान गरियो । साउन १२ गतेबाट पोखरा सभागृह हलमा सुरु भएको प्रतियोगिता पाँच दिनसम्म चलेको थियो ।

लोकगायक कल्याण शेरचनको ७६ औं जन्मजयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । २००३ साल साउन १२ गते पोखरामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार