सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङ सदरमुकामकाे सडक हिलाम्मे हुँदा नागरिक लाई सास्ती

बझाङ सदरमुकामकाे सडक हिलाम्मे हुँदा नागरिक लाई सास्ती

  • सोमवार, साउन १६, २०७९
बझाङ सदरमुकामकाे सडक हिलाम्मे हुँदा नागरिक लाई सास्ती

अर्थ जङ शाही/बझाङ– सदरमुकामका हिलाम्ये सडकले नागरिकलाई सास्ती दिएको छ । सदरमुकामको जिल्ला प्रहरी कार्यालय अगाडिको सडक, भोपुर जाने सडक, र चैन्पुर बजार झर्ने मेन रोड पूरै हिलाम्ये हुँदा नागरिकले सास्ती भोगिरहेका छन्। करिब दुई बर्ष अगाडि देखि नै सो बाटोमा जताततै पानीका खाल्डा भरिभराउ रहेका छन्। यातायातका
साधन मोटरसाइकल, अटो, तथा दैनिक ओहोरदोहोर गर्ने ब्यक्तिहरुलाई निकै सास्ती भोग्नु परेको भोपुरका बासिन्दा दिल बहादुर खातीले बडिमालिका खबरलाई बताएका छन्।

सडक निर्माणको काम ढिलासुस्ती हुँदा भोपुरबासी हिलाम्ये रोडमा हिड्न बाध्य भएका छन्। यस्तै काममा ढिलासुस्ती हो भने, जयपुथ्वी राजमार्गमा दुघर्टनाको जोखिम बढ्ने स्थानियहरुको भनाई रहेको छ।

भोपुर सडकखण्डको स्तर उन्नति नहुँदा हिलाम्ये र धुलाम्ये बन्दै गएको बाटोमा सत्यवादीका बिद्याथीहरुको जनजीवन प्रभावीत हुदै गएको सो बिद्यालयका शिक्षक मोहन राज उपाध्यायले बताए।

ठेकेदारहरुले डोजर प्रयोग गरेर निकालिएको माटोलाई व्यवस्थापन गर्न नसक्दा रोड हिलाम्ये बनेको छ । यसमा नगरपालिकाले कुनै पनि ध्यान नदिएको स्थानियबासी खातीले बताएका छन्। सधैँ नगरपालिकाका सरकारी गाडी यो हिलाम्ये सडकमा गुटेपनि, नगरले कुनै पनि यस बिषयमा ध्यान नदिएको स्थानिय चैन्पुरबाँसीको गुनासो रहेको छ।

स्थानीय बिमल खड्काले भने, “सके बनाउ नसके नबिगारौंको नीति ल्याउ ।सदरमुकाम नजिकै सडक हिलाम्ये हुँदा भोपुरदेखि सदरमुकाम हिँडेर आउने सयौं नागरिकले दैनिक सास्ती भोगिरहेका छन् । वृद्धवृद्धा तथा बालबालिकालाई आउन जान मा निकै सास्ती हुने गरेको छ।

हिउँदभर काममा ढिलासुस्ती र विभिन्न बाहनाबाजी गर्दै काम नगर्ने प्रवृत्तिले विकृति फैलाएको छ। असार मसान्तको चटारो, भुक्तानी सक्ने हतारो र बजेट फ्रिज हुने डरको विकासले नागरिकलाई सुविधाभन्दा द्विविधा दिएको स्थानीय बताउँछन्।

चर्चामा

सम्बन्धित समाचार