• होमपेज
  • समाज
  • २० बर्षको छोरा बचाउनका लागि गुहार माग्दै बाजुराकी भिडी सार्की (भिडीयाे सहित)

२० बर्षको छोरा बचाउनका लागि गुहार माग्दै बाजुराकी भिडी सार्की (भिडीयाे सहित)

  • सोमवार, साउन १६, २०७९
२० बर्षको छोरा बचाउनका लागि गुहार माग्दै बाजुराकी भिडी सार्की (भिडीयाे सहित)

बाजुरा–बडिमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्की २० बर्षको छोरा बचाउनका लागि सदरमुकाम मार्तडीमा गुहार मागिरहेकी छन् । भिडीको २० बर्षको छोरा प्रकाश सार्की शुशिल कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा जिवन मरणको दोसाधमा रहेका छन् ।
डडेल्धुरा अस्पताल बाट रिफर गरेका प्रकाशको आर्थिक अभाबमा अहिले जिवनमरणको दोसाधमा रहेको आमा भिडि सार्कीले बताईन् । प्रकाशको डडेल्धुरा अस्पतालमा आन्द्राको अप्रेसन गरेको थियो । पहिला अस्पतालले आन्द्रा च्यापिएको भनेर अप्रेसन गरेको थियो । अप्रेसन गर्दा आन्द्रामा मासु पलाएको क्यान्सर हुन सक्ने भन्दै डडेल्धुरा अस्पतालले शुशिल कोइराला क्यान्सर अस्पतालमा रिफर गरेको थियो । अस्पतालमा चेकजाँच गर्दा क्यान्सर देखाएको प्रकाशले वताए ।
गत पुषमा बुवा जया सार्की गुमाएका प्रकाश अहिले आफै मृत्युको शै्यामा तड्पिरहेका छन् । प्रकाशकी आमा भिडी अहिले छोरा बचाउनका लागि भौतारिरहेकी छन् । सदरमुकाम मार्तडीमा नगरपालिका तथा सरकारी कार्यलय धाइरहेकी छन् । भिडिले रुदै भनिन्, पुषमा पैसा नभएर उपचार गर्न नसक्दा श्रीमानको मृत्यु भयो, फेरी छोरा जिवनमरणको दोसाधमा रहेको छोरा बचाईदिन आग्रह गरिन् ।
शुशिल कोइराला क्यान्सर अस्पतालले अहिले किमो चलाएर अप्रेसन गरेको घाउ सुक्न लगाउने त्यसपछि मात्र अप्रेसन गर्ने वताएको छ । प्रकाशलाई किमो चलाउन देखी अस्पतालमा एक बोतल पानि किन्ने पैसा नभएको वताए । उपचार त धेरै टाढाको बिषय हो, सिटामोल किन्ने पैसा समेत नभएको प्रकाले बडिमालिका खबर सँग वताए ।
पेट दुखेर अछामको बयलपाटा अस्पताल पुगेका प्रकाश डडेल्धुरा अस्पताल हुदै शुशिल कोइराला क्यान्सर अस्पतालको शै्यामा तड्पिरहेका छन् । उनको परिवार क वर्गको गरिब परिवार रहेको छ । भिडीका ७ जना परीवार रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार