• होमपेज
  • समाचार
  • १३ वर्षीया बालिकामाथि बलात्कार, आरोपित फरार

१३ वर्षीया बालिकामाथि बलात्कार, आरोपित फरार

  • आइतवार, साउन १५, २०७९
१३ वर्षीया बालिकामाथि बलात्कार, आरोपित फरार

खोटाङ — एक १३ वर्षीया बालिकामाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ। खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव वान्तवा राईविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको हो।

मावली घरमा बसेर कक्षा ९ मा पढ्दै गरेकी ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता गरिएको छ। गत चैत २९ गते पूजामा छिमेकीको घर गएको बेला राति आफू सुत्ने कोठामा लगेर बलात्कार गरेको र कसैलाई भने मारिदिने धम्की दिएकाले घटनाबारे तत्काल कसैलाई नभनेको पीडितको जाहेरीमा उल्लेख छ।

त्यसपछि पटक–पटक जवरजस्ती करणी गरेका आरोपितले असार ३० मा पुनः जबरजस्तीको प्रयास गरेको बताइएको छ। रक्सी सेवन गरी ‘मसँग हिँड’ भन्दा अस्वीकार गरेपछि हातपात गर्न खोजेको र बालिका शौचालयमा लुकेकोको अवस्थामा शौचालय बाहिर बसेर ‘छिटो निक्ली’ भन्दै कुरेको बेला अन्य स्थानीय आएपछि प्रतिवादी घर गएको जाहेरीमा भनिएको छ।

आरोपित प्रहरीमा जाहेरी परेलगत्तै फरार भएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार