बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कहिले बन्छ त ८ बर्षदेखी अलपत्र जनप्रकाश माबिको भवन ?

कहिले बन्छ त ८ बर्षदेखी अलपत्र जनप्रकाश माबिको भवन ?

  • शनिबार, साउन १४, २०७९
कहिले बन्छ त ८ बर्षदेखी अलपत्र जनप्रकाश माबिको भवन ?

बाजुरा — बुढिनन्दा नगरपालिका वडा न २ मा रहेको भारतिय राजदुताबासको सहयोगमा निर्माणाधिान जनप्रकाश उमाबिको १५ कोठे भवन ८ बर्षदेखी अलपत्र परेको छ । भारतिय दुताबासको सहयोगमा निर्माण भइरहेको जनप्रकाश उमाबिको भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो ।
बिक्रम सम्बत २०७२ चैत्र २८ गते सम्झौता भएको र सो मितिको १५ महिनामा सक्नुर्ने सम्झौता भएको भएपनि हालसम्म ३० प्रतिशत काम भएको देखीएको छ । सम्झौता भएको मितिले ०७४ को भदौमा काम गरीसक्नु पर्ने भए पनी हाल सम्म कुनै पनी काम नगरी अलपत्र परेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ । भारतिय दुताबास संग सम्झौता भएको ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुपैँया रकम रहेको र काम ३० प्रतिशत सम्म पनी हुन नसकेको समन्वय समिति बाजुराको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
भारतिय दुताबासको सहयोगमा २ छात्राबास भवन र १ बिद्यालय भवनका लागी सहयोग गरेको कार्यालयको श्रोतले उल्लेख गरेको छ । निर्माण कार्यमा स्थानिय ठेक्काको जिम्मा लिएको गाल्वा निर्माण सेवा प्रालिका ठेकेदारको लापरवाहीले काममा हुन नसकेको बुझिएको छ । सो भवन निर्माणका गर्ने नाममा हाल सम्म १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैँया ९ पैशा खर्च भएको देखीएको छ । १५ महिनामा काम गरिसक्ने सम्झौता भए पनी ठेकेदारले काम नगरेको बिद्यालय श्रोतको आरोप रहेको छ । म्याद थपका लागी निर्माण सेवा कम्पनीलाइ बिद्यालय ब्यबस्थापन समितिले पटक पटक पत्रचार गरीएको भए पनी अहिले सम्म कुनी प्रतिक्रृया नआएको बिद्यालयले जनाएको छ । १५ महिना सम्म ३० प्रतिशत पनी काम नभएको जिल्ला समन्वय समितिको कार्यलयको रिर्पोटमा उल्लेख गरिएको छ । भवन निर्माणको सम्झौताको म्याद ०७४ को भदौमा नै गइसकेको बताएको छ ।
आर्थिक बर्ष २०७५/०७६ को महा लेखा परिक्षणको प्रतिबेदन अनुसार १ करोड ८३ लाख ६० हजार ४ सय ३८ रुपैया निकाशा गरिएको जनाएको छ । मलेपको प्रतिबेदनमा उल्लेख भए अनुसार १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैँया ९ पैशा खर्च भएको देखीएको छ । पेश्की ४८ लाख ९३ हजार २ सय ६ रुपैँया पेश्की रहेको रिर्पोटमा उल्लेख गरिएको छ भने बैकं मौज्जाद १४ लाख ४८ हजार २ सय ९६ हजार रुपैँया रहेको मलेप रिर्पोटमा उल्लेख गरिएको पाईएको छ ।
तत्कालिन जिल्ला बिकास समितिका प्रमुख स्थानिय बिकाश अधिकारी अर्जुन प्रसाद सुबेदी भारतिय तुदाबासका सह सचिव गम्भिर सिहं र जनप्रकाश उच्च माध्यामिक बिध्यालयका प्राचार्य अनोज राज गिरी बिच सन २०१५ नोभेम्बर ६ तारिखमा तिन पक्षिय सम्झौता भएको बुझिएको छ । हाल सम्म बनेको ३० प्रतिशते काम पनि पुनः गर्नु पर्ने भवन निमार्नणका प्राबिधीकहरुले बताउने गरेका छन । प्राबिधीकहरुका अनुसार हाल भएको कामहरु सबै जिण बनिसकेकोले जगदेखी नै पुन बनाउनुपर्ने बताउँछन ।
सो भवनको अबस्था बारे बुझ्न १३ गते मात्र बुढिनन्दा नगरपालिकाका नव निर्वाचित नगर प्रमुख जनक कुमार बोहरा र जनप्रकाश माबिका प्राचार्य अनोजराज गिरी लगायतको टोली भारतिय दुतावासमा पुगेको नगरपालिका श्रोतले जनाएको छ । नगरपालिका श्रोतका अनुसार केही समयको छलफल पश्चात दुतावास सकरात्मक रहेको र केही दुतावासको एक टोली स्थलगत अनुगम गरी नयाँ प्रक्रियाबाट अगाडी बढ्ने बताएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार