सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • जग्गा अपुगमै टेन्डर गरेपछि बुढिगंगामा १५ शैया अस्पतालको रकम फिर्ता

जग्गा अपुगमै टेन्डर गरेपछि बुढिगंगामा १५ शैया अस्पतालको रकम फिर्ता

  • शुक्रबार, साउन १३, २०७९
जग्गा अपुगमै टेन्डर गरेपछि बुढिगंगामा १५ शैया अस्पतालको रकम फिर्ता

बाजुरा — बाजुराको बुढिगंगा नगरपालिमा निर्माण हुन लागेको १५ शै्या अस्पतालको रकम फिर्ता भएको छ । आर्थिक बर्ष ०७८।०७९ मा अस्पताल निर्माणका लागि आएको १ करोड ३० लाख फिर्ता गएको कोष लेखा नियन्त्रक धर्म साउदले वताएका छन् ।
नगरपालिकाले जग्गा ब्यबस्थापन गर्न नसक्दा रकम फिर्ता गएको नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताए । टाँटे स्वास्थ्य चौकी भएकै ठाउँमा अस्पताल बनाउने भनेको भएपनि १५ शै्या अस्पतालका लागि जग्गा अपुग भएपछि काम नभएको शाहले बताए ।
स्काई निशान अधिकारी जेभि निर्माण कम्पनिको ठेकेदार काम गर्नका लागि आएको तर उसले १५ शै्या अस्पताल निर्माण र ठेक्का अनुसार भवन निर्माण गर्न नसक्ने भन्दै फिर्ता भएको हो । स्वास्थ्य संयोजक शाहले भने पहिला टेन्डर गर्ने बेला पछि जग्गा खरिद गरेर काम शुरु गर्ने गरि नगरपालिकाले काम अघि बढाएको हो, तर अहिले जग्गा व्यबस्थापन नहुदा समस्या भएको वताए ।
नगरपालिकाले डिपिआर निर्माण गर्दा हचुवाका भर तथा जग्गा अपुगमै डिपिआर गरेर टेन्डर गरेका कारणले बजेट कार्यनवयन हुन नसकेको एक कर्मचारीले वताए । अपुग जग्गामा कसरि डिपिआर गरेर टेन्डर निकालेको हो, त्यो बुझन् जरुरी रहेको उनले वताए । अहिले निर्माण हुने भनिएको ठाउँमा जग्गा भिरालो भएकाले ठाउँ पनि जोखिम रहेको छ । त्यहि ठाउँमा १५ शै्याको अस्पताल निर्माण हुन नसक्ने एक प्राबिधिकले वताए ।
१९ करोड ४७ लाख ९४ हजार ३ सय ५४ रुपैयाँ लागत अनुमान रहेको अस्पतालमा १३ करोड २ लाख ५५ हजार ८ सय ३६ मा सम्झौता भएको थियो । स्काई निशान अधिकारी जेभि निर्माण कम्पनी बानेश्वर काठमाडौले सम्झौता गरेको थियो । २०७८ कार्तिक २३ गते काम गर्ने सम्झौता गरेको भएपनि निर्माण कम्पनी काम शुरु नगरेको पाईएको हो ।
२०८१ भदौ २० गते सम्म अस्पताल निर्माण सम्पन्न गर्ने उल्लेख भएपनि आर्थिक आर्थिक बर्ष ०७८।०७९ मा भने आएको रकम पनि कार्यनवयन नफएर फिर्ता भएको छ । नगरपालिकाले ०७९। ८० निति तथा कार्यक्रममा अस्पतालका लागि जग्गा व्यबस्थापन गरेर अस्पताल निर्माण गर्ने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार