• होमपेज
  • समाचार
  • टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

  • बिहिबार, साउन १२, २०७९
टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं — झापमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। बुधबार कमल गाउँपालिका-५ स्थित सडकमा बागमती प्रदेश ०३ ००१ क २१२ नम्बरको टिपरले ठक्कर दिँदा पाँचथर तुम्बेवा गाउँपालिका-५ का १६ वर्षीय संजिप इम्सङ लिम्बुको मृत्यु भएको हो।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार