धनगढी — अछाममा पेटमै बच्चा मरेपछि सुत्केरी हुन नसकेपछि महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ। मङ्गलसेन नगरपालिका–११ जुपु निवासी ३० वर्षीया सीता रावलको जिल्लामा उपचार हुन नसकेपछि उद्धार गरेर सुर्खेत लगिएको हो।
८ महिनाकी गर्भवती सीताको पेटमै बच्चा मरेको चार दिनपछि उनको उद्धार गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट सीतालाई उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए।