मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पहिचानको अभाबमा पर्यटकिय सैन क्षेत्र ओझेलमा

पहिचानको अभाबमा पर्यटकिय सैन क्षेत्र ओझेलमा

  • बुधबार, साउन ११, २०७९
पहिचानको अभाबमा पर्यटकिय सैन क्षेत्र ओझेलमा

बाजुरा — बाजुराको सर्वाधिक बिकट ठाँउमा रहेको सैन क्षेत्र पहिचानको अभाबमा आझेलमा परेको छ । हिमाली गाँउपालिका ३ मा यो क्षेत्र पर्ने गरेको छ । कसैको पनि आँखा पर्न नसक्दा पहिचाननै हुन सकेको छैन् ।
सैन क्षेत्र निकै सुन्दरताले निकै भरीपुर्ण रहेको छ, तर पहिचान र प्रसार नहुँदा यो क्षेत्र निकै ओझेलमा परेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । सैपाल हिमाल सँग जोडिएको सैन हिमाल, ताल, दुधकुन्ड, पाटन र जडिबुटिको प्रच्चुर सम्भाबना भएपनि कतै बाट पहिचान र प्रचार नभएको अध्यक्ष मल्लले वताए ।
हुम्ला, बाजुरा र बझाङ्गको बिचमा पर्ने यो सैन क्षेत्र र सैन हिमाल क्षेत्र पर्यटकिय हिसाबले पनि निकै प्रच्चुर सम्भाबना रहेको छ । हिमाली गाँउपालिकाले उक्क्त क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि २०७६ सालमा कार्यपालिको बैठक र स्थलगत भम्रण गरेको छ । पर्यटकिय हिसाबले निकै सम्भाबना रहेको छ, तर जान आउन निकै समस्या रहेको कृषि जेटिए जुना बिष्टले वताएकि छन् । यसको प्रचार सँगै जाने आउने बाटोको राम्रो ब्यबस्थापन हुनुपर्ने बिष्टले वताईन् ।
१४ हजार फिट भन्दा माथि रहेको सैनमा हरियाली फाटहरु ढकम्क फुलेका फुलहरु हेर्दा मनै कहलिने गरेको छ । जादा बाटोमा होटलहरुको ब्यबस्था नभएपनि गोठालाहरुले दर्शनार्थीहरुको भब्य स्वागत सत्कार गर्ने गर्दछन् । बर्षायाममा पनि सैन हिमाल सेत्तामे हिँउ समेत देख्न पाईने गरेको छ । अझै भन्नु पर्दा जडिबुटिको मुख्य भण्डारको रुपमा लिने गरेको गुम्बाका जगत लामाले बताएका छन् । पर्यटकिय सम्भाबनाको प्रचुर सम्भावना भएपनि सैन क्षेत्रको अस्थित्व गुम्दै गएको छ ।
अहिले सम्म पनि त्यस क्षेत्र र तालहरुको पहिचानमा सरकारले कुनै चासो देखाएको छैन् । “त्यहाँ रहेको तालको शंरक्षणमा र प्रचार प्रसारमा सरकारको ध्यान जाने हो, भने यो क्षेत्र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परीचित हुने हिमाली गाँउपालिका ३ का स्थानिय ध्यान बहादुर रोकायाले वताए” । सैन क्षेत्रमा पर्यटन बिकासका बारेमा राज्यको ध्यान जाने हो भने त्यस क्षेत्रमा पर्यटकहरुको ओइरो समते लाग्ने थियो रोकायाको भनाई छ ।
यो क्षेत्र पुग्न बाजुराको सदरमुकामा मार्तडी बाट एक साता लाग्ने गरेको छ । सदरमुकाम मार्तडी कोल्टि, कवाडी हुदै गुम्बा भएर जानु पर्ने रहेको छ । बर्षातको समयमा भोटेजनजातिले सैन क्षेत्रमा भेडा, चौरी गाई घोडा लिएर तिन महिना सम्म चरिचरन गर्ने गरेका छन् । यो क्षेत्र भएर हुम्ला हुदै चिनको ताक्ला कोट जान सबै भन्दा छोटो बाटोको रुपमा रहेको स्थानियत बताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार