• होमपेज
  • समाज
  • बझाङको थलारा गाउँपालिकामा जनप्रतिनिधिको रझाई,घुमघाममा कर्मचारी र जनप्रतिनिधि

बझाङको थलारा गाउँपालिकामा जनप्रतिनिधिको रझाई,घुमघाममा कर्मचारी र जनप्रतिनिधि

  • बुधबार, साउन ११, २०७९
बझाङको थलारा गाउँपालिकामा जनप्रतिनिधिको रझाई,घुमघाममा कर्मचारी र जनप्रतिनिधि

अर्थ जङ शाही/बझाङ — बझाङको थलारा गाउँपालिकाका ४० जनप्रतिनिधि तथा कर्मचारी पूर्वी जिल्लाहरुका पर्यटकिय भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष प्रकाशबहादुर रोकाया, उपाध्यक्ष रामबहादुर खाती, प्रमुख प्रसाशकीय अधिकृत सिद्धराज पण्डित, सबै वडाका अध्यक्षहरु र सचिवहरु भ्रमणमा निस्किएका हुन्।

सबै जना भ्रमणमा गएका कारण गाउँपालिका जनप्रतिनिधिविहीन भएको स्थानीयले बताएका छन्। सबै जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको स्थानीयको गुनासो छ। जनप्रतिनिधि नेपालका पूर्वी जिल्लाहरुको भ्रमणमा निस्किएपछि सामाजिक सुरक्षा भत्ता प्रवाहमासमेत असर परेको स्थानीयले बताएका छन्।

यस विषयमा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीले ४० जना भ्रमणमा आएको र गाउँपालिका तथा वडाहरुको कामकारवाहीमा भने केही असर नपरेको बताए। भ्रमणमा कति दिन लाग्छ भन्ने यकिन समेत नरहेको खातीले बताएका छन्।

पालिकाका ४० जना जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा आएपनि ‘अफ सिजन’ भएकाले सेवा प्रवाहमा केही फरक नपर्ने उनको तर्क छ। यता थलारा गाउँपालिका र वडाहरु भने सबै कार्यबाहकको भरमा सञ्चालन भइरहेका छन् । पालिकाले के उद्येश्यले भ्रमण थालेको र कति दिने भ्रमण हो भन्नेबारे खुलाएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार