• होमपेज
  • अन्तर्राष्ट्रिय
  • मदिरा प्रतिबन्धित गुजरातमा विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु

मदिरा प्रतिबन्धित गुजरातमा विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु

  • मङ्लबार, साउन १०, २०७९
मदिरा प्रतिबन्धित गुजरातमा विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु

मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ । अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुजराजको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् ।

उनीहरुको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ । भारतको गुजराजसहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार