बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रिय राजनीतिमा तानियो बेलायती बिरालो

राष्ट्रिय राजनीतिमा तानियो बेलायती बिरालो

  • सोमवार, साउन ९, २०७९
राष्ट्रिय राजनीतिमा तानियो बेलायती बिरालो

काठमाडौं । बेलायती प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा बस्दै आएको ल्यारी नामक बिरालो राष्ट्रिय राजनीतिमा तानियो ।

बेलायती नयाँ प्रधानमन्त्रीकी एक उम्मेदवारले आफ्ना ४ वटा बिरालाहरु सहित प्रधानमन्त्री निवासमा सर्ने बताएसँगै उक्त बिरालो शुक्रबार राजनीतिक विवादमा तानिएको हो ।

एक अनलाइन फोरममा आफ्नो सबैभन्दा ठूलो कमजोरीको बारेमा सोधिएको प्रश्नमा उनले बिरालोप्रतिको आफ्नो आशक्ति रहेको बताउँदै आफ्नो घरमा चारवटा बर्मेली नश्लको बिरालोहरु रहेको बताइन् ।

ती चारवटै बिरालोलाई प्रधानमन्त्री निवासमा लैजाँदा ल्यारीलाई चुनौति हुनसक्ने पनि उनले बताएकी थिइन् ।

आफ्ना चारवटा बिरालाहरु हुलेर ल्यारीलाई अलपत्र पार्ने खालको उनको अभिव्यक्ति प्रति सोसल मिडियामा तीव्र आलोचना भयो । जसका कारण ल्यारी बिरालो राजनीतिक चर्चामा पुनः तानियो ।

स्मरण रहोस् बेलायती राजनीतिक मानकको रुपमा रहेको ल्यारी बिरालो पछिल्लो एक दशकभन्दा लामो समयदेखि डाउनिङ स्ट्रिटमा बस्दै आएको छ ।

कन्जरभेटिभ पार्टीका प्रधानमन्त्रीहरु डेभिड क्यामरुन, थेरेसा मे र बोरिस जोनसनले उसकै उपस्थितिमा शासन गरे ।

मुसा मार्नमा निकै पोख्त रहेको ल्यारीलाई सन् २०११ म लण्डनस्थ्ति जनावर आश्रयस्थलबाट प्रधानमन्त्री निवासमा ल्याइएको थियो ।

मुसा मार्ने मुखिया अर्थात् Chief Mouser को नामले चिनिने ल्यारीको @Number10cat नामक ट्वीटर अकाउन्ट छ, जसमा ६ लाख ३५ हजार फलोअर्स छन् । -एजेन्सी

चर्चामा

सम्बन्धित समाचार