• होमपेज
  • समाज
  • साँफे-मार्तडी सडक खण्डको अम्कोटमा सडक अबरोध

साँफे-मार्तडी सडक खण्डको अम्कोटमा सडक अबरोध

सडक सञ्चालन आउन १ महिना बढी समय लाग्ने

  • सोमवार, साउन ९, २०७९
साँफे-मार्तडी सडक खण्डको अम्कोटमा सडक अबरोध

बाजुरा–बाजुराको साँफे मार्तडी सडक खण्डकाे अम्कोटमा सडक अबरोध भएको छ । सडक खण्डको अम्कोटमा पहिरो सँगै सडक भासिएपछि सडक बन्द भएको प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले वताएका छन् ।

सडक अबरोध सँगै सडक सञ्चालन आउनका लागि १ महिना भन्दा बढी समय लाग्ने भएको छ । सडक बन्द हुदा बाजुराको सदरमुकाम मार्तडी, लगायत बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगु जिल्लाका बासिन्दा सडक सञ्जाल बाट बिच्छेद भएका छन् ।
२०७६ साल देखी अबरोध हुदै आएको यो सडक यो बर्ष पनि बन्द भएको छ । २०७७ र २०७८ मा बर्षातको समयमा त्यहि ठाँउमा चार महिना सडक अबरोध भएको थियो । हिउँदको समयमा सडक बिभागले सडक बनाएपनि बर्षातमा पहिरोले सडक भासिएर सडक बन्द हुने गरेको बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर बहादुर खड्काले वताएका छन् ।

सडक बन्द भएपछि सदरमुकाम मार्तडी लगायतका स्थानिय बजारमा दैनिक उपभोग्य सामानको मुल्य आकासिएको छ । अस्पताल बाजुरा बाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लिन निकै समस्या भएको छ । साँफे मार्तडी सडक खण्डको अम्कोटमा मात्र नभइ अन्य सडक पनि पहिरोको जोखिमा रहेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले भने सडक भासिएको र पहिरो आइरहने भएकाले सडक खुलाउन समय लाग्ने वताए । अन्य ठाउँका सडक अबरोध हुने बितिकै खुलाउने गरेका छौ, त्यसका लागि डोजर लगायत सडक खुलाउने जनशक्ति तयारी अबस्थामा रहेको अधिकारीले वताए । अम्कोटमा पानिको मुहान समेत आएकाले असोज सम्म सडक खुलाउन समस्या हुने देखिएको छ ।

बुढिगंगा नगरपालिकाको १ अम्कोटमा रहेको करिब १ किलोमिटर सडक उच्च जोखिममा रहेको सडक डिभिजन कार्यलय साँफे बगर अछामले जनाएको छ । चार बर्ष देखी बन्दै हुदै आएको सडकको बैकल्पिक बाटो नखोल्दा यो बर्षातमा सडक पुर्ण रुपमा बन्द भएको हो । अहिले अम्कोटमा अहिले ४ मिटर सडक पुर्ण रुपमा बन्द भएको छ ।

बैकल्पिक बाट खोल्नका लागि करिब ५ किलोमिटर माथि नयाँ मार्ग खोल्नका लागि पहल पटक पटक भएपनि तर कतै बाट शुरु भएको छैन् । सडक बन्द हुदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या भएको छ । बैकल्पिक बाटो नखोल्दा समस्या भएको ब्यापारि हंश बहादुर सिंहले वताएका छन् । सरकारले बैकल्पिक बाटो खोल्न चाडै पहल गर्नु पर्ने उनले वताए ।

त्रिबेणी नगरपालिका ९ पैमाबाट आएको पहिरोले बुढिगंगा नदिलाई थुन्दै आएको छ । अर्को बाट पहिरो आएर नदि थुनिएपछि बुढिगंगा नगरपालिका १ को अम्कोटको भागमा कटान गरेपछि सडक भासिएको हो । २०७७ भदौ मा मात्र सडक भासिदा १ जनाको मृत्यु भएको थियो । बुढिगंगा नगरपालिका २ अम्कोटका सात परिवार बिस्थापित भएको स्थानिय दीपक खत्रीले बताए ।

चार बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको छ । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष बिकले वताएका छन् । साँफे बगर सडक डिभिजनका अनुसार सडक बिभाग सँग पहल गरिरहेको त्यसको दिर्घकालिन ब्यबस्थापनका लागि कतै बाट केही नभएको वताएको छ ।

भुुग्रब बिधि आएर पनि एकचरणमा अध्ययन गरिससकेको छ । त्यहि ठाँउमा सडक बनाएर ल्याउने हो भने ३ अरब पैसा चाहिने सडक बिभागले वताएको छ । त्यो क्षेत्र बर्षातमा पुर्ण रुपमा बन्द हुने भएपनि बैकल्पिक मार्ग खोल्नका लागि राज्यले बेवास्ता गरेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार