• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका द्वारा समाज सुधार युवा क्लवलाई स्टेचर हस्तानतरण

बडिमालिका नगरपालिका द्वारा समाज सुधार युवा क्लवलाई स्टेचर हस्तानतरण

  • आइतवार, साउन ८, २०७९
बडिमालिका नगरपालिका द्वारा समाज सुधार युवा क्लवलाई स्टेचर हस्तानतरण

बाजुरा — जिल्लाको बडिमालिका नगरपालिका द्धारा समाज सुधार युवा क्लब लाई बिरामी बोक्ने स्टेचर हस्तान्तरण गरेको छ ।

समाज सुधार युवा क्लवको आयोजनामा समाजका रहेक सार्वजनिक स्थलहरु बिग्रेका भत्केका छन भने पुन निर्माणका साथै हरेक समस्यामा परेका व्यक्तिलाई सहयोग कार्यमा अग्रसर भएकाले बडिमालिका नगरपालीकाले स्टेचर हस्तान्तरण गरेको बडिमालिका नगरपालीकाका नगर प्रमुख अमर खड्काले बताए ।

समाज सुधार युवा क्लवले समस्यामा परेका युवा बालबालीका महिला ,सार्वजनिक स्थल बाटो खानेपानीका धारा सडक सुधारका काममा युवा क्लव सधैँ लागि पर्ने भएकाले सामाजिक कार्यमा आवश्यक सामाग्री हस्तानतरण गरेको नगरप्रमुख खड्काले बताए ।
कुनै अफ्ठ्यारोमा परेका बिरामीलाई ईमरजेन्सी अस्पाताल पुर्‍याउन सहज होस् भनेर बडिमालिका नगरपालीकालाई सहयोगको माग गर्र्दा बडिमालिका नगरपालिकाले स्टेचर सहयोग गरेकोमा सामाजिक काममा सहज हुने भएको समाज सुधार युवा क्लवका अध्यक्ष प्रेम नेपालीले बताए ।
समाज सुधार युवा क्लबले समाजका सकरात्मक काममा सधैँ जुटिरहने र सार्वजनिक स्थलहरुलाई सरसफाई भत्केको ठाउँमा पुर्न निर्माण गर्ने कार्यमा सधैँ कटिबद्ध रहने युवा क्लवका अध्यक्ष नेपालीले बताए ।।

चर्चामा

सम्बन्धित समाचार