• होमपेज
  • समाचार
  • बझाङका सिडियो अर्याल नुन काण्ड बिवादमा मुछिए

बझाङका सिडियो अर्याल नुन काण्ड बिवादमा मुछिए

  • शनिबार, साउन ७, २०७९
बझाङका सिडियो अर्याल नुन काण्ड बिवादमा मुछिए

अर्थ जङ शाही/बझाङ —बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल आर्थिक अनियमिततामा मुछिएका छन् ।

स्थानीय तहको निर्वाचनमा खटिएका सुरक्षा निकायका प्रमुखले पाउनुपर्ने निर्वाचन भत्ताको रकम दुरुपयोग गरेको आक्षेप खेपिरहेका बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालमाथि नुन ढुवानीको रकम पनि अनियमितता गरेको आरोप लागेको छ ।

स्थानीय तहको निर्वाचनमा खटिएका जिल्लास्थित सुरक्षा निकायका प्रमुखले पाउनुपर्ने निर्वाचन भत्ताबापतको रकम अहिलेसम्म उनले वितरण नगरेका हुन् ।

निर्वाचन सेलको भत्ता अपचलन गर्न खोजेको आरोप प्रजिअ अर्यालमाथि लागेको हो । स्थानीय तहको निर्वाचन सुरक्षा र व्यवस्थापनका लागि प्रजिअ अर्यालको नेतृत्वमा जिल्ला निर्वाचन सेल गठन भएको थियो ।

निर्वाचन सेलमा जिल्लास्थित जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी इकाइको प्रमुख, नेपाली सेनाको प्रमुख, राष्ट्रिय अनुसन्धान विभागको प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहन्छन् ।

निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन सेलका सदस्यले उनीहरूले खाइपाई आएको एक महिनाको तलबको ६० प्रतिशत हुन आउने रकम भत्ताबापत पाउँछन् । तर, बझाङका प्रजिअ अर्यालले भने उक्त रकम निर्वाचन सेलका सदस्यलाई उपलब्ध गराएका छैनन् ।

उनले २१ असारमा कोष तथा लेखा नियन्त्रकको कार्यालय बझाङबाट उक्त रकम भुक्तानी लिइसके पनि रकम पाउनुपर्ने व्यक्तिले नपाएका हुन् ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय बझाङबाट भुक्तानी लिएको १६ दिन बितिसक्दा पनि उक्त भत्ताबापतको रकम वितरण भएको छैन ।

चर्चामा

सम्बन्धित समाचार