• होमपेज
  • बडिमालिका
  • अनावश्यक दरबनन्दीका कर्मचारीकाे हेरफेर

अनावश्यक दरबनन्दीका कर्मचारीकाे हेरफेर

  • शनिबार, साउन ७, २०७९
अनावश्यक दरबनन्दीका कर्मचारीकाे हेरफेर

बाजुरा — बडिमालिका नगरपालिकाले कार्यसम्पादन र मुल्याङकनका अधारमा कर्मचारी हेरफेर गरेको नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन । शनिबार बिहान पत्रकार सम्मेलन गर्दै नगर प्रमुख खड्काले यस्तो बताएका हुन ।
स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्र अत्या आबस्यक भएकोले हेरफेर नभएको भए पनि नगरपालिका भित्रका केही कर्मचारी अनाधिकृत नियुक्ती गरी नगरपलिकाको श्रोतको दुरुपयोग हुदै आएकोमा केही कर्मचारीलाई हटाउन बाध्य भएको नगर प्रमुख खड्काले बताएका छन ।
हटाएका ५ जना मध्य नगरपालिकको एम्बुलेन्स नभएको र एम्बुलेन्स चालक भनेर नियुक्ती गरिएकोमा एम्बुलेन्स खरिद नभए सम्मका लागि सो पद कायम नगरिएको नगर प्रमुख खड्काले बताएका छन । अर्को नगरपालिकाको गाडी चालकमा बिस्वासीलो मान्छे नभएका कारण हटाएको नगरपालिकाले जनाएको छ ।
बिद्युतय कर्मचारी भनेर राखीएका ब्यक्तीको पद कायम नभएकाले हटाउन बाध्य भएको नगर प्रमुख खड्काले बताएका छन । त्यसै गरी मेड्पा कार्यक्रम संयोजकमा निजामती कर्मचारी फोकल पर्सन हुने प्रबधान हुँदा अर्को ब्यक्तीको पद कायम गर्न नसकिएको नगर प्रमुख खड्काले बताएका छन ।
म्याद थप गरिएका करार कर्मचारीहरुको कार्यसम्पादन र मुल्याङकनका आधारमा हेरफेर गर्न सकिने प्रबाधान भएकाले सो कार्यलाई ३ महिनामा सम्पन्न गरिने पत्रकार सम्मेलन मार्फत नगर प्रमुख खड्काले जानकारी गराएका छन । नगरपालिका भ्रष्टाचार शुन्य सहनशिलतालाई मध्यनजर गर्दै नगरपालिकाको कार्यबिधि कार्ययोजना र मुल्याङकनलाई आधार बनाएर कर्मचारीहरुको हेरफेर गर्न सकिने नगर प्रमुख खड्काले बताएका हुन ।
नगर शिक्षकहरुको हकमा सिकाई उपलब्धी कार्यसम्पादन र मुल्याङकनको आधारमा नगर अनुदान शिक्षकमा रुपान्तरण गर्न सकिने नगर प्रमुख खड्काले बताएका छन । राम्रो काम गर्ने नगर शिक्षकहरुका लागि पुरस्कार दण्डको ब्यबस्था गरिने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार