शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाका नगरसभा साउन १४ गते हुने

बुढीगंगा नगरपालिकाका नगरसभा साउन १४ गते हुने

  • शुक्रबार, साउन ६, २०७९
बुढीगंगा नगरपालिकाका नगरसभा साउन १४ गते हुने

बाजुरा– बुढिग‌ंगा नगरपालिकाकाे नगर सभा साउन १४ गते गर्ने निर्णय भएको छ । शुक्रबार बसेको पहिलो कार्यापालिकाको बैठकले सो निर्णय गरेको प्रबक्ता हेमराज जैशीले जानकारी दिएका छन् ।

साउन ९ गते भित्र सबै वडा भेला गरि सक्ने पर्ने गरि वडा अध्यक्षहरुलाई निर्देशीत गरेको प्रबक्ता जैशीले बताए । साउन १२ गते नगरपालिकाका नीति तथा प्रस्तुत गर्ने निर्णय गरेको छ भने १४ गते नगरसभा गर्ने निर्णय बैठकले गरेको छ । नेपाल सरकारको निर्णय अनुसार असार १० गते भित्र नीति कार्यक्रम तथा बजेट ल्याई सक्नु पर्ने प्रावधान छ । बुढीगंगा नगरपालिका बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचन धाधली भएको भन्दै आसर २३ गते पुन निर्बाचन भएको थियो ।

पुन निर्बाचन हुदा नगरपालिका जनप्रतिनिधि बिहीन बनेपछि नगरपालिकाका बजेट ल्याउन रोकीएको थियो । नया जनप्रतिनिधि आईसके पछि नगरपालिकाका काम कार्बाहीलाई गतिका साथ अगाडी बढाउने काम भएको नगर प्रमुख रामबहादुर बानियाँले बताए ।
उनले भने कार्यपालिकाको बैठकमा निर्णय एक र काम अर्कै यो कमिटीले गर्दैन आजको काम आजै भोलीको काम पनि आजै गर्ने उद्देश्यका साथ काम कार्बाही अगाडी बढेको बताए । आजै बसेको बैठकको निर्णयका आधारमै नगरसाभा गरि बजेट ल्याईने बानियाले बताए ।

चर्चामा

सम्बन्धित समाचार