• होमपेज
  • समाचार
  • सिंचाइ पोखरीमा डुबेर दुई जनाको मृत्यु

सिंचाइ पोखरीमा डुबेर दुई जनाको मृत्यु

  • बिहिबार, साउन ५, २०७९
सिंचाइ पोखरीमा डुबेर दुई जनाको मृत्यु

काठमाडौं — सिंचाइ पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। स्याङ्जा गल्याङ नगरपालिका वडा नं. ६ पेलाकोटकी वर्ष ४ की सोफिया गुरुङ र वर्ष ३३ की बिन्द्र गुरुङको पोखरीमा डुबेर मृत्यु भएको हो।

बुधबार साँझ ५ बजे सोफिया पोखरीमा डुबेको र उनलाई बचाउन जाँदा बिन्द्र गुरुङ घाइते भएको र दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

दुवैलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार