• होमपेज
  • सुचना प्रबिधी
  • न्यून चापीय रेखा उत्तरतिर, आज चट्याङसहित वर्षा

न्यून चापीय रेखा उत्तरतिर, आज चट्याङसहित वर्षा

  • बिहिबार, साउन ५, २०७९
न्यून चापीय रेखा उत्तरतिर, आज चट्याङसहित वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता शुक्रबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार