काठमाडौं — झापाको झापा गाउँपालिका-५ सिमलडाँगीमा आगलागी हुँदा ६ घर जलेका छन् । मुस्लिम बस्तीमा बुधबार बिहान करिब ३ बजे आगलागी भएको हो ।
आगलागीबाट अब्दुल करिम अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी अब्दुल करिम अलीको घरमा बिजुलीको तार सर्ट भएर सुरु भएको प्रहरीको भनाइ छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट लाखौंको धनमाल क्षति भएको अनुमान गरिए पनि एकिन विवरण नआएको झापा प्रहरीले जनाएको छ ।