• होमपेज
  • राजनीति
  • निजी शिक्षकदेखि भूपू प्रहरीसम्म समेटेर कांग्रेसले थप्यो ११ शुभेच्छुक संस्था

निजी शिक्षकदेखि भूपू प्रहरीसम्म समेटेर कांग्रेसले थप्यो ११ शुभेच्छुक संस्था

  • मङ्लबार, साउन ३, २०७९
निजी शिक्षकदेखि भूपू प्रहरीसम्म समेटेर कांग्रेसले थप्यो ११ शुभेच्छुक संस्था

नेपाली कांग्रेसले ११ वटा संस्थालाई पार्टीको शुभेच्छुक संस्थाका रूपमा मान्यता दिने निर्णय गरेको छ। सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट ११ शुभेच्छुक संस्था थपिएका हुन्।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघले शुभेच्छुक संस्थाको मान्यता पाएको छ।प्रवक्ता प्रकाशशरण महतका अनुसार नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ र नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई शुभेच्छुक संस्थाको मान्यता दिइएको छ।

तीन भ्रातृ संस्था थप:

कांग्रेसले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघ गरी तीन भ्रातृ संस्थालाई पनि मान्यता प्रदान गर्ने निर्णय गरेको छ।यसअघि भ्रातृ संस्थाका रूपमा मान्यता प्राप्त गरेका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ तथा शुभेच्छुक संस्थाको मान्यता पाएका नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ र लोकतान्त्रिक नेवाः खललाई नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघअन्तर्गत आवद्ध संघका रूपमा राख्ने निर्णय पनि कांग्रेसको छ।

कांग्रेसले यही साउनभित्र भ्रातृ संस्था गठन तथा पूर्णता दिइसक्ने पनि बताएको छ। कांग्रेसमा यसअघि १४ भ्रातृ र १८ शुभेच्छुक संस्था थिए।

चर्चामा

सम्बन्धित समाचार