शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • राजनीति
  • जिल्ला समन्वय समिति उप्रमुखमा एमाले बाट लाक्षु सार्की सिफारीस

जिल्ला समन्वय समिति उप्रमुखमा एमाले बाट लाक्षु सार्की सिफारीस

  • आइतवार, साउन १, २०७९
जिल्ला समन्वय समिति उप्रमुखमा एमाले बाट लाक्षु सार्की सिफारीस

बाजुरा–जिल्ला समन्वय समिति बाजुराको उपप्रमुखमा नेकपा एमाले बाजुराले लाक्षु सार्कीको नाम सिफारीस गरेको छ । ९ पालिका मध्ये ६ स्थानिय तह एमालेले जिते सँगै बाजुरा जिल्ला समन्वय समिति एमालेको हुने भएको छ ।

नेकपा एमाले जिल्ला कमिटिले समन्वय समितिको उपप्रमुखमा सार्कीको नाम सिफारीस गरेको हो । प्रमुखमा तुलसीराम रोकायाको नाम सिफारीस गरसिकेको छ । जिल्ला समन्वय समिति प्रमुख उपप्रमुख गरि ९ जनाको हुने गरेको छ ।
उप्रमुखमा सिफारीस भएकी सार्की गजन्नाथ गाउँपालिका वडा नम्बर ६ को एमाले वडा कमिटि सदस्य हुन् । लाक्षु जगन्नाथ गाउँपालिका नम्बर ६ बाट महिला वडा सदस्य निर्वाचित भएकि थिईन् । लाक्षु सार्की कक्षा ८ पास रहेकी छन् ।

बुढिगंगा, बडिमालिका, बुढिनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका र गौमुल गाउँपालिका प्रमुख उपप्रमुख एमाले जितेको छ । खप्तडछेडेदह गाउँपालिकामा प्रमुख र हिमाली गाउँपालिका उपप्रमुख एमालेले जितेको छ । त्रिबेणी नगरपालिका र स्वामीकाकार्तिक खापर गाउँपालिका प्रमुख उपप्रमुख काँग्रेसले जितेको छ । त्यस्तै खप्तडछेडेदह गाउँपालिकामा उपप्रमुख र हिमाली गाउँपालिका प्रमुख काँग्रेसले जितेको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनको कार्यतालिका निकाल्ने तयारीमा रहेको निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार