आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जनाको मृत्यु

पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जनाको मृत्यु

  • आइतवार, साउन १, २०७९
पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जनाको मृत्यु

एजेन्सी — पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जना भन्दा धेरैको मृत्यु भएको छ। गर्मीका कारण कयौँ मानिस समस्यामा परेको र जनजीवन अस्तव्यस्त बनाएको बीबीसीले जनाएको छ।

पोर्चुगलमा आगो निभाउने क्रममा जहाज दुर्घजना हुँदा पाइलटको ज्यान गएको छ। युरोपका ३ वटा देशका जंगलमा भीषण आगलागी पनि भइरहेको छ। स्पेन, पोर्चुगल र दक्षिण पश्चिमी फ्रान्सको जंगलमा भीषण आगलागी भइरहेको र यसले समग्र युरोपमा तातो हावा फैलन सुरु गरेको खबरमा उल्लेख छ। बढ्दो गर्मीका कारण अग्नि नियन्त्रकलाई आगो नियन्त्रणमा लिन निकै हम्मे हम्मे परेको छ।

आगोले फ्रान्सको गिरोन्डे क्षेत्र सखाप पारेको छ। ११ हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। स्पेनको कोस्टा डेल सोल क्षेत्रको पहाडबाट ३ हजार ३ सय मानिस सुरक्षित ठाउँमा भाग्न सफल भएका छन्। गएको मंगलबार यता पोर्चुगलको तापक्रम ४७ डिग्रि र स्पेनमा ४० डिगी सेल्सियस भन्दा धेरै तापक्रम मापन गरिएको खबरमा उल्लेख छ।

पोर्चुगलमा मात्रै ३० हजार हेक्टर जंगल आगोले नष्ट गरेको छ। यो सन् २०१७ मा १ सय जनाको ज्यान जानेगरी फैलिएको डढेलोपछिकै ठूलो भएको बीबीसीले जनाएको छ। युरोपका अरु देश पनि गर्मी र तातो हावाले प्रभावित भएका छन्। इटलीका केहि उपत्यकालाई सरकारले सुख्खग्रस्त क्षेत्र घोषणा गर्दै आपत्काल घोषणा गरेको छ।

उत्तरी मोरक्कोमा आगो फैलिएपछि दर्जनौ गाउँ खाली गर्नुपरेको छ। फ्रान्सको तापक्रम पनि ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आउँदो हप्ता तापक्रम थप बढ्ने चेतावनी जारी भएको छ। मानव प्रेरित जलवायु परिवर्तनको ठूलो असर युरोपले भोगिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार