शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाका प्रमुख बानियाँद्धारा बुबाको स्मृतिमा अनाथालयलाई आर्थिक सहयोग

बुढीगंगा नगरपालिकाका प्रमुख बानियाँद्धारा बुबाको स्मृतिमा अनाथालयलाई आर्थिक सहयोग

  • शनिबार, असार ३२, २०७९
बुढीगंगा नगरपालिकाका प्रमुख बानियाँद्धारा बुबाको स्मृतिमा अनाथालयलाई आर्थिक सहयोग

बाजुरा — बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बुबाको बार्षिकी तिथिको स्मृतिमा अनाथालयलाई नगद सहयोग गरेका छन् । बुबा डिल्लीसिंह बानियाँको दोस्रो स्मृति तिथिको अवसरमा बुढीगंगा नगरपालिका १ मा रहेको कन्सन बाजुरा अनाथालयलाई हिजो शुक्रबार आर्थिक सहयोग गरेका छन् ।
बार्षिकी तिथिमा हुने फजुल खर्च कटाएर अनाथालयलाई नगद १० हजार सहयोग गरेको कन्सन बाजुराका संरक्षक बहादुर थापाले बताए ।
‘हामिले हजारौं रुपैयाँ अनावश्यक चिजहरुमा खर्च गरीरहेका हुन्छौं तर अनाथालयमा त्यही खर्च गर्दा यहाँ आश्रीत बालबालिका सबैलाई राहत पुग्छ’ बानियाँले भने–‘जन्मदिन र बिवाह बर्षगाँठ जस्तै बार्षिक पुण्य तिथी मनाउनेहरुलाई पनि यहाँ आएर सहयोग गर्ने वातावरण बनोस भनेर मैले सुरु गरेको नगर प्रमुख बानियले बताए ।’

चर्चामा

सम्बन्धित समाचार