शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अमेरिकामा १ हजार बढी मानिसमा मङ्कीपक्स सङ्क्रमण

अमेरिकामा १ हजार बढी मानिसमा मङ्कीपक्स सङ्क्रमण

  • शनिबार, असार ३२, २०७९
अमेरिकामा १ हजार बढी मानिसमा मङ्कीपक्स सङ्क्रमण

एजेन्सी — अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ। अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन्।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन्। त्यसैगरी न्युयोर्कमा एक सय ५९ र इलिनोइसमा एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको सीडीसीले जनाएको छ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि उपलब्ध अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप ९जेवाईएनएनईओएस० को एक लाख ३२ हजारभन्दा बढी मात्रा देशव्यापी रूपमा लगाइएको छ। मङ्कीपक्सका सङ्क्रमित बढ्दै गएपछि स्थानीयस्तरमा खोपको अभावसमेत देखिएको छ।

चर्चामा

सम्बन्धित समाचार