शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत

इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत

  • शुक्रबार, असार ३१, २०७९
इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत

एजेन्सी — अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई एक्ल्याउन सहमत भएका छन्। इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा त्यस्तो सहमति भएको हो।

दुवै नेताले इरानको आणविक हतियारलाई अस्वीकार गर्ने संयुक्त प्रतिबद्धतामा हस्ताक्षर गरेसँगै तेहरानसँगको विश्वव्यापी कुटनीतिमा लामो समयदेखि चलिरहेको विवादलाई अन्त्य गर्नेछ।इजरायली टीभीसँगको कुराकानीमा पनि अमेरिकी राष्ट्रपतिले इरानविरुद्ध बल प्रयोगको ‘अन्तिम उपाय’ का निम्ति वाशिङ्टन खुला रहेको बताएका थिए।

विश्व शक्तिराष्ट्रहरूले पनि इरानको वर्षौँदेखिको परमाणु हतियार विकासको चाहनालाई साकार पार्ने वातावरण बनाउन नहुनेमा जोड दिएका छन्। उनीहरूले प्रतिरोधभन्दा समाधानको भावनाबाट प्रेरित भएर इरानको आणविक आकाङ्क्षालाई अस्वीकार गर्नुपर्ने अभिमत व्यक्त गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार