शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • कुपोषण न्युनिकरण गर्न स्वामिकार्तिकमा आपतकालिन पोषण कार्यक्रम शुरु

कुपोषण न्युनिकरण गर्न स्वामिकार्तिकमा आपतकालिन पोषण कार्यक्रम शुरु

  • बिहिबार, असार ३०, २०७९
कुपोषण न्युनिकरण गर्न स्वामिकार्तिकमा आपतकालिन पोषण कार्यक्रम शुरु

बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा आपतालिन पोषण कार्यक्रम शुरु भएको छ । गाउँपालिका १ मुक्तिकोटमा कुपोषणको कहर र खाद्य असुरक्षा रहेको भन्दै दि हिमालयन टाइम्स लगायत बिभिन्न सञ्चारमाध्यममा समाचारप्रकाशित पछि पोषण कार्यक्रम लागु भएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले वताएका छन् ।
नेपाल सरकार, WFP, IDS Nepal (Integrated Development Society Nepla) ले सहयोग तथा समन्वयमा गाउँपालिका भर कार्यक्रम लागु भएको IDS Nepal का कार्यकारी निर्देशक प्रकाश कोइरालाले वताएका छन् । तत्काल ३ महिनाका लागि यो कार्यक्रम गरिने भएको कोइरालाले वताए ।
गाउँपालिका गर्भवती तथा सुत्केरी महिला र ६ महिना देखी २३ महिना सम्मका बालवालिकालाई पौष्टिक आहार वितरण गर्ने रहेको छ । ५ सय १२ जना बालवालिका, ६ सय १९ गर्भवती महिलालाई ३ महिना सम्म पौष्टिक आहार वितरण गर्ने WFP बाजुराका कार्यक्रम संयोजक दान बहादुर साउदले वताएका छन् । एकजनालाई दैनिक एक सय ग्राम अर्थात मासिक ३ केजी वितरण गर्ने साउदले जनाए ।
स्वामिकार्तिक खापर गाउँपालिका मुक्तिकोटको कुपोषणको बारेमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपनि गाउँपालिका भरी नै जोखिम भएकाले गाउँपालिका भरीमा कार्यक्रम लागु गरेको IDS Nepal का प्रकाश कोइरालाले वताए । अहिले ३ महिनाका लागि हो थप कार्यक्रम लागु गर्ने पहल समेत भइरहेको उनले वताए ।
स्वामिकार्तिक १ मुक्तिकोट गाउँका ३ सय ८ परिवारमा निकै कुपोषण दर रहेको स्वामिकार्तिक खापर गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत पारस बहादुर शाहीले वताएका छन् । स्वास्थ्यकर्मी टोली गाउँमा पुगेर चेकजाँच गर्दा ३ सय ४३ जना कुपोषित रहेको गाउँपालिकाले जनाएको छ । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा रहेको पाईएको हो ।
२ सय ४३ जना प्रजनन आमालाई मध्ये २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पालिकाका सुचना अधिकारी कुबेर बहादुर शाहिले वताएका छन् । त्यस्तै १० देखी १४ बर्ष सम्मका किशोर र किशोरीलाई जाँच गर्दा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् । १५ बर्ष देखी १९ बर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाईएको हो ।
स्वास्थ्य कार्यलय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत कुपोषित बालवालिका रहेको वताएका छन् । मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजन को साधन को प्रयोग न्यून रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । गाँउमा कुुपोषणका कारणले बर्षेनी वालवालिकाको मृत्युु हुने गरेको छ ।
त्यहाका नागरिकलाइ बच्चा मर्ने त सामान्य झै भएको छ । खान लगाउन राम्रो सँग नपाउने त्यहाँ बासिन्दा बालबालिका, गर्भवति महिला चरम कुपोषणको मारमा परेका छन् । धेरै बच्चा हरु अहिले कुुपोषणका कारणले जिवनमरणको दोसाधमा रहेका छन् । मुक्तिकोटको बारेमा बिभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित पछि राज्यको ध्यान पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार